नियम १६
राय तथा प्रतिक्रियाको लागि प्रतिवेदन पठाउने
(१) आयोगले दुर्घटना सम्बन्धी
सम्पूर्ण जा“च कार्य समाप्त भएपछि त्यसको प्रतिवेदन तयार गरी राय तथा
प्रतिक्रियाको लागि देहायका राज्यलाई पठाउनु पर्नेछ ः-
(क) दर्ताको राज्य,
(ख) सञ्चालकको राज्य,
(ग) डिजाइनको राज्य,
(घ) निर्माताको राज्य,
(ङ) दुर्घटना जा“च कार्यमा सहभागी राज्य ।
(२) उपनियम (१) बमोजिम पठाइएको प्रतिवेदन उपर कुनै राय तथा
प्रतिक्रिया भएमा सम्बन्धित राज्यले त्यस्तो प्रतिवेदन प्राप्त गरेको तीस दिनभित्र
आयोगमा पठाउनु पर्नेछ ।